Message From The Principal
           
लिएको प्रशिक्षार्थीहरु लाई (७५प्रतिशत पशु विभागवाट मनोनित र वाँकी २५ प्रतिशत खुल्लावाट) भर्ना लिइन्छ । त्यस्तै प्रायोजित कार्यक्रम
तर्फ ४०।४० जना वार्षिक रुपमा भर्ना हुने गरी एस.एल.सि उर्तिणका लागि वालि विज्ञान जे.टि.ए र पशु विज्ञान जे.टि.ए (पशुपालन) कार्यक्रम संचालित रहेको छ । हाल शै.सत्र ०७२।०७३ देखि संचालन हुने गरी कम्तिमा दोस्रो श्रेणीमा एस.एल.सि उर्तिणका लागि नियमित तर्फको तिन वर्षे पशु विज्ञान डिप्लोमा इन एग्रिकल्चर (आइयस्सी एजी) कार्यक्रमको स्वीकृती प्राप्त भएको छ ।प्रकृतिको मनोरम वातावरण, धनकुटा जिल्लाको उत्तरपानी भन्ने ठाँउ (हिले वाट २ कि.मि दक्षिण पश्चिम) मा अवस्थित यो शिक्षालयमा अडियो भिडियो डकुमेन्ट्री समेत प्रयोग गरी सहभागित्मक प्रक्रियावाट पठनपाठन गराईन्छ । प्रशिक्षार्थीहरुका लागि आवास लगाएत सम्पुर्ण प्रयोगात्मक सन्दर्भ सामाग्रिहरुले सुविधा सम्पन्न रहेको लाइव्रेरी, प्रयोगात्मक कक्षा कोठा तथा ल्याव, सेमिनार हल, पशुपालन इकाइ, वालि विज्ञान प्रयोगात्मक फिल्ड, चिया वगान, कर्मचारी आवास आदी जस्ता विशेषता वोकेको यस शिक्षालय ८६५ रोपनी (६६.५३ बिगाहा) जमिनमा र्फलिएको छ । जम्मा क्षेत्रफलको करिव ७५ प्रतिशत जंगलले ढाकेको छ । नियमित कार्यक्रम (२९ महिने जे.टि.ए ) मा १० प्रतिशत दलित र कोशी, मेची अञ्चलका सात जिल्ला (पकड क्षेत्र) का १०% महिला लाई मासिक रु ३५०।— का दरले छात्रवृतिको व्यावस्था गरिएको छ । साथै अन्य जेहेन्दार र गरीव प्रशिक्षार्थिहरुलाई विभिन्न दातृ निकायहरुमा सुविधाका लागि पहल गरि सहयोग गरिदिने गरिन्छ । 
आदरणिय अभिभावक ज्यूहरु 
तँपाईहरुको सहयोग र सुझाव यस संस्थाको प्रगति र प्रशिक्षार्थिहरुको भविष्य सँग गाँसिएको छ । यहाँहरुले आफ्ना नानीहरुमा चाहेको सिप, गुण र व्यावहारको विकास गराई कृषि क्षेत्रको दक्ष प्राविधिक वनाउन म र मेरो संस्था प्रयत्नशिल छ र भविष्यमा समेत रहने छ भन्ने प्रविवद्धता जाहेर गर्दछु ।
राम नारायण यादव
शिक्षालय प्रमुख